century-bank

विद्युतको पोलमा टांगिएका तार हटाउने सरकारी निर्देशनलाई तारहरुले गिज्याउँदै

मनोज पराजुली
काठमाडौं। काठमाडौं उपत्यकाको सुन्दरताका लागि ग्रहण हुन विधुतको पोलमा टाँगिएका तारहरु । काठमाडौंलाई थप कुरुप बनाउँदै लगेका यस्ता तारहरु कतिपय दुर्घटनाका कारक पनि बन्ने गरेको छ । असरल्ल र अव्यवस्थितरुमा बाँधिएका तारहरु हटाउने तयारी सरकारले अहिलेदेखि नभई उहिलेदेखि थालेको छ । तर दुर्भाग्य तार घट्दो नभई बढ्दो छ ।

शहरलाई नै कुरुप बनाउने गरी सडकका पोलमा टांगिएका तार व्यवस्थित गर्न सरकारले पटक पटक निर्देशन जारी गरेको थियो । सरकारको निर्देशन अनुसार विद्युत पोलमा रहेका तार हटाउने काम नभएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गत भदौ १८ गते आफैं विधुत पोलमा चढेर तार काटेका थिए ।

बस्नेतले तार काटेर उपत्यकाको तार व्यवस्थापनको काम सुरुवात गरेको भनिए पनि अहिले सिंहदरबार देखि वालुवाटारसम्मको क्षेत्रको तार बाँध्ने वाहेकका अन्य कार्य अगाडि बढ्न सकेको छैन । पोलमा अरसल्ल परेका मध्ये ६० देखि ७० प्रतिशत तार काम नलाग्ने र प्रयोग विहीन अवस्थामा रहेका छन् ।

विधुत पोलमा तार राखे वापत नेपाल विद्युत प्राधिकरणले रोयल्टी लिने गरेकोले तार व्यवस्थापनको जिम्मा उसैले लिनुपर्ने नेपाल दुरसञ्चार प्राधिकरणको भनाई छ । तार व्यवस्थापन गर्नुको साथै शुल्क नतिर्ने, विना सम्झौता पोलमा तार टांग्ने प्रवृतिको अन्त्य गर्नुको साथै सबै सेवा प्रदायकहरुलाई कानुनी दायरामा ल्याउन आवश्यक भइसकेको छ ।

सञ्चार मन्त्रालयले केबल टिभी, इन्टरनेट सेवाप्रदायक , दुरसंचार सेवा प्रदायक लगायतको तार तथा केबलहरु अव्यवस्थित रुपमा झुण्डिरहेको कारण सहरको सौन्र्दय विगार्नुका साथै आगलागी तथा सडक दुर्घटना समेत हुन सक्ने संभावना भएकाले ती तारहरुको व्यवस्थापन गर्ने निर्णय भए बमोजिम कार्यान्वय गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । तर यो निर्देशन निर्देशनमा मात्र सीमित बन्दा असरल्ल बनेको तारहरुले सरकारी निर्देशनलाई गिज्याईरहेको भान हुन्छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]