century-bank

आगामी निर्वाचनमा राजनीतिक दलका उम्मेद्वारहरुलाई सुरक्षा दिन निर्वाचन आयोगको सुरक्षा निकायलाई निर्देशन

काठमाडौं ।निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने राजनीतिक दलका उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनका क्रममा उम्मेदवारहरु माथि आक्रमणका घटना वढ्दै गएकाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न उम्मेद््वारहरुको सुरक्षालाई प्राथमिकतामा राख्न सुरक्षा समितिलाई निर्देशन दिएको हो ।

बिहीवार प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवपको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा निकायसँग भएको छलफलमा आयोगले राष्ट्रिय तहको नेता र उम्मेद्वारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन ध्यानाकर्षण गराउनुभएको हो । उहाँले छलफलका क्रममा उम्मेद्वारहरुमाथि आक्रमण हुन सक्ने भन्दै निर्वाचनमा सुरक्षा व्यवस्थालाई महत्वका साथ लिन समेत आग्रह गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनु भयो ।

छलफलका क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेटेर निर्वाचनसम्बन्धि केन्द्रीय योजना तयार पारेको जनाएका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]