century-bank

माटोको भाडाकुडा विक्रि हुन छोडेपछि कोहार जाति कष्टमा

मनोज श्रीवास्तव
कपिलवस्तु ।माटोको भाडाकुडा बिक्री हुन छोडेपछि कपिलवस्तुको कोहार जातिको पुख्र्याैली पेशा संकटमा पर्दै गएको छ । बढदो आधुनिकतासंगै माटोका भाडाकुडा बनाई बिक्री गरी जीविकोपार्जन गर्न कठिन हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो ।

विद्युतीय र प्लाष्टिकको भाडाकुडाले बजार पिटेपछि माटोबाट बनेको भाडाको प्रयोग घट्दै जानुको प्रमुख कारण बन्यो । तिहारमा मात्रै विक्रि हुने दियोले बर्षभरी खाना नुपग्ने तथा तिहारमा माटोको दियो प्रयोगमा आएको कमीका कारण पेशा संकटमा परेको हो ।

बजारमा आकर्षक डिजाईनका बिद्युतीय बत्ती र प्लाष्टिकका भाडाकुडा पाउन थालेपछि माटोका भाडाकुडाले बजार पाउन छाडेको हो । गाउँ–शहरका प्रत्येक घरमा पहिले तिहारका बेला माटोको दियोमा बत्ती बाल्ने गरिन्थ्यो भने हिजो आज माटोको दियो बाल्ने चलन हराएका कारण उनीहरुको पेशा संकटमा परेको हो ।

दुई–तीन वर्ष अघिसम्म माटोको दियो बेचेर राम्रो आम्दानी गर्ने कोहार जातिका मानिसहरु यो बर्ष दशै तिहारमा माटोको भाडाको माग नआएको भन्दै पख्र्यौली पेशा त्याग्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।

केही बर्ष अघिसम्म माटोको भाडा विक्रि गरि परिवार र चाडपर्व मनाउदै आएका कोहार समुदायका मानिसहरु अहिले माटोको भाडा विक्रि हुन छोडेपछि वैकल्पिक उपाय खोज्न विवश बनाइएका छन् ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]