century-bank

फुलमा आत्मनिर्भर गराउने प्रयास स्वरुप गोदावरी प्रतियोगितात्मक पुष्प प्रदर्शनी

काठमाडौ । फूल र झिलिमिलीले सजिने हिन्दूहरुको प्रमुख चाड तिहारको प्रमुख विशेषता नै हो । अझ तिहारको समयमा सबैभन्दा बढी खपत हुने सयपत्री र मखमली फूलले त तिहारलाई घर आंगनमा नै आएको महसुस गराउँदछ । तिहार आएको महसुस दिलाउन र स्वच्छ हराभरा वातावरण निर्माण गर्ने उद्धेश्यले बिहीवार देखि ललितपुरमा ११ औं गोदावरी प्रतियोगितात्मक पुष्प प्रदर्शनी सुरु भएको छ ।

रोपेर फूल गोदावरी, सजाऔ घर आंगन वरिपरि भन्ने मुल नाराका साथ ११ औ गोदावरी प्रतियोगितात्मक पुष्प प्रदर्शनी विहिबारवाट ललितपुरमा सुरु भएको हो । तिहारको समयमा फूलको विशेषतालाई थप बढावा दिँदै उत्पादनमा बृद्धि गराउने उद्धेश्यले ललितपुरमा पुष्प मेला सुरु भएको हो । पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्दै फूल उत्पादनमा आत्म निर्भर वनाउने उदेश्य पनि प्रदर्शनीको छ ।

सामान्य अवस्थामा फूल उत्पादनमा आत्मनिर्भर भएको भए पनि दशै तिहार जस्ता फूलको अत्याधिक माग हुने समयमा भारत लगायतका देशवाट १० देखि १५ प्रतिशत सम्म फूल आयात गरिँदै आएको छ । नेपालमा फूलको उत्पादन गर्न कुनै कठिनाई नभए पनि बजारमा चाडपर्वको समयमा मात्र माग हुने भएकाले व्यापारीहरु यस विषयमा समेत गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गत आर्थिक वर्षमा १अर्व ७० करोड भन्दा वढीको व्यापार भएको व्यापारीहरुको भनाई छ ।

फूलको मागमा आएको वृद्धिसँगै यतिखेर काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फर्म र नर्सरी बिस्तार भइसकेको छ । तिहारमा व्यवसायिक रुपमा कारोबार हुने फूलको ९० प्रतिशत ८ जिल्लामा उत्पादन हुने व्यवसायीको भनाई छ । ललितपुरमा सुरु भएको मेलामा ५० वटा प्रदर्शनी कक्ष रहेको छ भने ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]