century-bank

सीमा रक्षक देवनारायण यादव यसकारण एमालेमा प्रवेश गरे !

२६ असोज,२०७४ काठमाडौं । केही दीन अघि भारतीय द्धारा  पक्राउ परेका सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादव एमाले अध्यक्ष ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका छन् ।

भारतले अबैध तरिकाले सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल-भारत सीमा क्षेत्रमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अरु कसैले गर्न नसक्दा  उनले नेतृत्व गर्दै बहादुरी साथ भारतीय सुरक्ष बल सँग लडेका थिए र त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरि रगतपक्ष हुने गरी हमला गरेका थिए जसकारण उनलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उनलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटे ।

यादव नेपाली कांग्रेसबाट २०५४ मा क्षेत्रीय सदस्य साथै जिल्ला कार्यसमिति सदस्य बनेका थिए ।हालै पार्टी प्रबेश क्रममा उनले आफु एमाले प्रबेश गर्नुमा एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो निति समान भएकाले पार्टी प्रवेश गरेको बताए । उनलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]