century-bank

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले भिसा दिन अस्वीकार, चलचित्र हुनेभयो अलपत्र

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले भिसा दिन अस्वीकार गरे पछि बिग बजेटको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ । काठमाडौं र लन्डनमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा छिन् । साम्राज्ञीले नेपालस्थित बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

चलचित्र ‘इन्टुमिन्टु लण्डन’को सुटिङको लागी बेलायत पुग्न साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएको हो । स्रोत अुनसार साम्राज्ञी सहित बेलायती दूतावासले करिब १० जनाको भिसा रद् गरेको छ । भदौ १६ गते प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शन हुनु अगावै साम्राज्ञी बेलायत जाने बताएकी थिइन् । सोही कारण उनले चलचित्र प्रदर्शन हुनु भन्दा महिना दिन अघिनै मिडियामा अन्तवार्ताहरु दिएकी थिइन् । तर चलचित्र प्रदर्शन भएको महिनौ दिन बितिसक्दा पनि साम्राज्ञी नेपालमै छिन् ।

बेलायतले भिसा नदिँदा साम्राज्ञीले ए मेरो हजुर २ को प्रमोशनमा राम्रै दौडिने समय पाएकी थिइन् । ‘इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् ।दोस्रो पटक भिसा आवेदन दिँदा बलियो प्रमाण जुटाउनु पर्ने भएका कारण यस वर्ष फिल्मको छायांकन सुरु हुने संभावना न्यून छ । जुन १६ देखि अगष्ट ७ सम्म फिल्मको छायांकन हुने बताइएको थियो ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]