century-bank

पाकिस्तानको लाहोरमा चिनियाँ मेट्रो रेल

बेइजिङ । पाकिस्तानमा चीनले बनाएको मेट्रो रेल सार्वजनिक गरिएको छ । पाकिस्तानको लागि यो पहिलो मेट्रो रेल हो ।चीनले पहिलो चरणमा २७ वटा मेट्रो हस्तान्तरण गरेको हो । बाँकी बाँकी २६ वटा मेट्रो चालू वर्षको अन्त्यमा हस्तान्तरण गर्नेछ ।

पाकिस्तानको दोस्रो ठुलो सहर लोहोरमा यो रेल सार्वजनिक गरिएको हो । आफ्नो प्रभाव दक्षिण एसियामा विस्तार गर्न खोजिरहेको चीनको लागि यो एक महत्वपूर्ण सफलता रहेको विश्लेषकहरुले बताएका छन् ।

अघिल्लो आइतबार चीनबाट पाकिस्तानमा उक्त रेल आइपुगेको हो । हुनान प्रान्तबाट आएको उक्त रेलको पाकिस्तानमा भव्य स्वागत गरिएको थियो । पाकिस्तान र चीनको बीचमा यो रेलको सम्झौता सन् २०१५ मा भएको थियो । चीन र पाकिस्तानको बीच भएको ओबीओआर सम्झौताको पहिलो योजनाको रुपमा यो रेल योजना रहेको बताइएको छ ।

यो रेलले आफ्नो व्यावसायिक सेवा सुरु गरेपछि एक दिनमा दुई लाख मानिसहरुले यसबाट सेवा लिनसक्ने बताइएको छ । यो रेलको गति ८० किलोमिटर प्रतिघण्टाको रहेको बताइएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]