century-bank

रात्रिकालीन उडान भर्न सिमरा विमानस्थललाई प्रविधि मैत्र बनाइयो

बसन्त खतिवडा

बाराको सिमरा विमानस्थलमा एक्सरे मेसिन जडान गरिएको छ । राजधानीबाट नजिक रहेको सिमरा विमानस्थलमा रात्रिकालीन उडान भर्न र यात्रुको सुरक्षाका लागि एक्सरे मेसिन जडान गरिएको हो ।

हवाई उडानलाई र यात्रु व्यवस्थापनको दृष्टिले सुरक्षित तुल्याउने मेशिन जडानले हवाईयात्रु तथा उडानलाई अझ सुरक्षित बनाउन प्रविधि मैत्री बनाइएको हो ।

पछिल्लो समय विमानस्थलको स्तरोन्नतिसँगै प्रविधिमैत्री बनाउने उदेश्यका साथ विमानस्थलमा हुनुपर्ने न्यूनतम सामग्रीहरु अहिले विमानस्थलमा राख्न सुरु गरिएको छ ।

यात्रु चेकजाँचका लागि यस अघि नै मेशिन जडान भईसकेको छ भने यात्रुहरुको सुविधालाई ध्यानमा राखी विमानस्थलले एसी, कुलर, टेलिभिजन लगायतका सामग्री जडान गरी यात्रुहरुको प्रतीक्षालयलाई वातावरण एवं प्रविधिमैत्री बनाइएको छ ।

एक्सरे मेशिनको मंगलवार औपचारिक उद्घाटन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले बारा लगायत छिमेकी जिल्लाहरु र भारतीय यात्रुहरुको बढी आवागमन हुने यस विमानस्थलमा प्रविधियुक्त एक्सरे मेशिन जडानले हवाई सुरक्षामा महत्वपूर्ण उपलव्धि हुने बताउनुभयो ।

काठमाडौँ जान स्थल मार्गमा पर्ने मुग्लिङ्ग–नारायणघाट सडक खण्डको स्तरोन्नतिका कारण पछिल्लो समय भारतीय पर्यटक लगायत यस क्षेत्रका उद्योगीहरुको पहिलो रोजाई बनेको छ ।

सडक यात्रामा विभिन्न कठिनाई व्यहोर्नु पर्ने हुँदा हवाई मार्गका लागि सिमरा विमानस्थल प्रयोग गर्न थालेपछि बिमानस्थलमा यात्रुको चाप दैनिक बढ्दै गएको र सुरक्षा चुनौती बढेको भन्दै विमानस्थलमा प्रविधिको प्रयोग गरी सुरक्षित बनाउन लागेको विमानस्थलले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]