century-bank

तिहार नजिकिएसँगै झिनियाँ बनाउन भ्याई नभ्याई, वार्षिक दश लाखसम्मको आम्दानी

सुवास गौतम

बागलुङ। तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीहरुलाई झिनियाँ बनाउन भ्याई नभ्याई भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङ लगायत अन्य ठाउँबाट पनि बढ्न थालेपछि झिनियाँ रोटी बनाउँन भ्याई नभ्याई भएको हो ।

नेपाली समाजमा तिहारको भाईटिकामा सप्तरङ्गी झिनियाँ कोशेलीको रुपमा दाजुभाइलाई खुवाउँने परम्परा रहेको छ । चाडबाडमा झिनियाँको माग बढ्न थालेपछि बाह्रै महिना झिनियाँ रोटी बनाउँन भ्याईनभ्याई भएको उद्यमीहरुको भनाई छ ।

बागलुङका उद्यमीहरुले दशैं तिहार लक्षित गरी दुई महिना अगाडिदेखिनै झिनिया रोटी बनाउँदै आएका छन् । झिनियाको व्यापारबाट वार्षिक दश लाखसम्मको आम्दानी हुने व्यवसायीहरुको भनाई छ ।

बागलुङ बजारको मरेपिपलमा परम्परागत रुपमा वर्षौदेखि झिनियाँ बनाउँदै आएकी मिरा श्रेष्ठले बागलुङ बजारमा मात्र आफू जस्ता दर्जनौं महिलाहरु झिनियाँ रोटी बनाएर आय–आर्जन गर्दै आइरहेको बताउनुभयो ।

अहिले झिनियाँको माग अत्याधिक छ, तर कच्चा पदार्थको मूल्यमा भएको बृद्धिका कारण झिनियाको मूल्य बढेको झिनियाँ व्यवसायी सरिता सापकोटाको भनाई छ ।

दशैंको अवधिमा सेतो रङ्गको झिनियाँ बढी मात्रामा बिक्री हुने भएपनि तिहारको समयमा सप्तरंगी झिनियाँको माग हुने गरेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]