century-bank

चुनावी एजेण्डा बनेको धरान विमानस्थल निर्माण कार्य पुनः ओझेलमा

सन्तोष काफ्ले

सुनसरी । स्थानीय निकायको निर्वाचनमा प्रमुख पार्टीहरुले धरानको विमानस्थल निर्माणलाई प्राथमिकताका साथ चुनावी एजेण्डा बनाएका थिए । तर अहिले विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सार्वजनिक भएपछि जग्गाको अभावका कारण दलहरुको एजेण्डा कागजमै सीमित हुने देखिएको छ ।

१४ वर्ष देखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने क्षमताको १८ विघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो । विमानस्थल निर्माण गर्न तयार रहेको यती ईन कर्पोरेट प्रालिलाई ६ महिना भित्र विमानस्थल नबने फिर्ता गर्ने सहमतिमा ७ विघा जग्गा स्थानीयले सस्तो मुल्यमा बिक्रि गरेका थिए भने १८ विघा मध्ये बाँकी जग्गा नगरपालिकाले उपलब्ध गराउने भनेको थियो ।

अहिले एटिआर ४२ सम्मको विमान उडान र अवतरणकोे लागि करिब ९२ विघा जग्गा आवश्यक पर्ने अध्ययन भएको छ । प्रतिवेदन अनुसार विमास्थलका लागि जग्गा उपलब्ध गराउन नसक्ने देखिए पछि जग्गादाताहरु जग्गा फिर्ता गर्नु पर्ने माग राख्दै आएका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउन ठूलो सुकुम्बासी बस्ती उठाउनु पर्ने हुन्छ । यता स्थानीय निकायको निर्वाचनमा विमानस्थल निर्माणलाई प्रमुख एजेण्डा बनाएको दलहरुले प्रदेश र संघको निर्वाचनका कारण ओझेलमा पारिरहेको आशंका धरान १७ का वडा अध्यक्ष मनोज भट्टराईको छ ।

विगत १४ वर्ष देखि जग्गादाताले न त विमानस्थलको सुविधा लिन पाए न त जग्गा उपभोग गर्न नै पाएका छन् । जनप्रतिनिधि आईसकेको अवस्थामा अझै पनि जग्गादाताहरुलाई अन्यौलमा राख्नु हुदैन् । कि त जग्गा फिर्ता हुनुप¥यो कि त विमानस्थल निर्माणको ठोस निर्णय आउनु पर्ने भन्नै जग्गादाताहरु आक्रोशित भएका छन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]