century-bank

‘वर्षेनी पाँच लाख युवा बेरोजगार’

 

जुम्ला, २४ असोज,

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ ।

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय/विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो ।

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो ।

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताउनुभयो । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उहाँको भनाइ थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]