century-bank

झरना थापाको निर्देशनमा दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘भागवत गीता’ बन्ने

हरिशजङ्ग क्षेत्री , काठमाडौ

दुई दशक देखि नेपाली चलचित्रमा उत्कृष्ट नायिकाको छबि बनाएकी चर्चित नायिका झरना थापा अभिनय मोहबाट तृप्त भएको र अब निर्देशनमा लोभिएकी छिन ।

लामो समय नेपाली हिट चलचित्रहरुमा अभिनय गरेर वाहवाह कमाएकी झरनाले अब नेपाली चलचित्रहरु निर्देशन गर्ने सोच नै बनाएकी छिन ।ए मेरो हजुर मा आफू नायिका हुँदा ब्यवसायीक रूपमा सफल एवम उत्कृष्ट ठहरिएको चलचित्र ‘ए मेरो हजुर’ को पार्ट टु अर्थात ए मेरो हजुर २ बाट निर्देशनमा डेब्यू गरेकी चर्चित नायिका झरना थापाले अब थप दुई नयाँ फिल्मको निर्देशनको तयारीमा जुटेकी छिन् ।

साथै ‘ए मेरो हजुर २’ र बाट सफलता हात पारेकी झरनाले ए मेरो हजुर ३ु को निर्माण घोषणा समेत गरेकी छिन ।पहिलो निर्देशित चलचित्रले ब्यवसायिक रूपमा अभिनयका हिसाबले, निर्देशनका हिसाबले वाहवाह पाएपछि थप चलचित्रको निर्देशनका लागी नायिका थापा हौसिएकी हुन ।अहिले उनी दुई फिल्मको निर्देशनको लागी चलचित्रको काममा व्यस्त भएकी छिन् ।

दुई चलचित्र ‘भागवत गीता’ र ‘ए मेरो हजुर ३’ मध्ये कुन फिल्म पहिला निर्माण निर्देशन गर्ने भन्ने दोधारमा देखिएकी छिन् । फिल्म ‘भगवत गीता’को स्क्रिप्टको काम भने सकिएको छ । ए मेरो हजुर ३ पहिला ल्याउने कि भन्ने मुडमा झरना देखिन छिन ।

भागवत गीताको स्क्रिप्ट ‘ए मेरो हजुर २’ का लेखक हरिहर अधिकारीले लेखेका छन् । दुवै चलचित्रलाई झरना थापा आफैंले निर्देशन गर्ने र एसके थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुने झरनाले बताएकी छिन् ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]