century-bank

छक्का–पञ्जा २’ले ब्यापारको नयाँ रेकर्ड तोड्दै १० करोड क्लबमा प्रवेश

असोज २३,२०७४

चलचीत्र छक्का–पञ्जा २’ले ब्यापारको नयाँ रेकर्ड तोड्दै १० करोड क्लबमा प्रवेश गरेको छ ।

विदेशी चलचित्रले एकोहोरो राज जमाईरहेको युवा पुस्ता माझ पछिल्लो समय बिस्तारै नेपाली चलचित्रले आफ्नो छाप छोड्न सफल भएको छ । केही समययता नेपाली चलचित्र हेर्ने हल–हलमा दर्शकको भिड बढ्दो भएसँगै नेपाली चलचित्रले राम्रो व्यापार गर्दै आईरहेको छ ।

गत असोज ११ गते फूलपातीको दिन देखि रिलिज भएको चलचित्र ‘छक्का पञ्जा २’ले १० दिनमा १० करोड ग्रस कलेक्शन गरेको छ ।१० दिनको छोटो समयमा नै धेरै कमाई गर्न सफल पहिलो चलचित्र बनेर चलचित्र ‘छक्का पञ्जा २’ले नयाँ रेकर्ड राखेको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]