century-bank

सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर विक्रि खुल्ला

काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्रि खुला गरेको छ । माइक्रोफाइनान्सले असोज १८ देखि असोज २३ गतेसम्मका लागि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख १८ हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

असोज २३ गतेसम्म आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिनसक्ने छन् । माइक्रो फाइनान्सको एक लाख ८० हजार कित्ता मध्ये दुई प्रतिशत अर्थात तीन हजार छ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको छ भने पाँच प्रतिशत अर्थात नौ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

सर्वसाधारणका लागि एक लाख ६७ हजार चार सय कित्ता मात्र बिक्रि खुला गरिने कम्पनीको जनाएको छ । फाईनान्सको हालको अधिकृत पूँजी १५ करोड रहेको छ भने जारी पूँजी छ करोड रुपैयाँ रहेकोमा संस्थापकबाट चार करोड २० लाख चुक्ता भईसकेको छ ।

सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको शेयर निष्काशन पश्चात चुक्ता पूँजी छ करोड रुपैयाँ पुग्ने माइक्रोफाइनान्सले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आफ्नो सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट समेत आइपीओमा आवेदन दिन सकिने सपोर्ट माइक्रोफाइनान्सले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]