century-bank

राजदूत उपाध्यायले राजीनामा दिएर चुनाव लड्दै

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिने भएका छन् । राजनीतिबाट कुटनीतिमा प्रवेश गरेका उपाध्यायले पुन राजनीतिमा आफूलाई सक्रिय बनाउन राजदूत पदबाट राजीनामा दिने मनस्थिति बनाएका हुन ।

निर्वाचन क्षेत्रका जनताको दबाब छ । उहाँहरुको चाहनालाई ध्यानमा राखेर फर्कने सोच बनाएको हो’ राजदूत उपाध्ययाले भने ‘दशै लगत्तै काठमाडौ गएर अन्तिम निर्णय गर्छु ।राजनीमा दिएर स्वीकृत गराएपछि राजनीतिक रुपमा आफना धारणा राख्छु ।’

उपाध्याय राजदूत हुनु भन्दा पहिले कपिलवस्तुबाट संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । ०४८ को संसदीय निर्वाचनमा पनि उपाध्याय कपिलवस्तुबाट निर्वाचत भएका थिए ।

दुई छोरी र एक छोराका पिता उपाध्याय नेपाली काँग्रेसको सिफारिसमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । राजदूत हुनु अघि उपाध्याय काँग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल थिए । गाउँ पञ्चायत,जिल्ला पञ्चायत,बहुदल,गणतन्त्रमा उपाध्यायले जनप्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]