century-bank

टेलियाका दुई वरिष्ठ अधिकारी भ्रष्टाचारमा मुछिए

काठमाडौँ । नेपालको चर्चित एनसेल लाभकर छली प्रकरणमा मुछिएको टेलिया कम्पनीका दुई वरिष्ठ अधिकारी भ्रष्टाचारमा मुछिएका छन् । टेलियाका पूर्वप्रमुख कार्यकारी र सरकारी स्वामित्वमा रहेका टेलिकम कम्पनीका अन्य दुई वरिष्ठ प्रबन्धकलाई स्विडेनको सरकारी वकिलले उज्वेकिस्तानमा घूस दिएको आरोपमा मुद्दा दायर गर्ने भएको छ ।

घूस लेनदेनको विषय मिलाउन अमेरिकी र नेदरल्यान्डका नियमक निकायलाई टेलियाले ९६ करोड ५० लाख डलर दिने सहमति गरेको भोलिपल्ट मुद्दा दायरको निर्णय आएको हो । सन् २००७ देखि २०१३ सम्म उज्बेकिस्तानका प्रमुख कार्यकारी लार्स नेवर्ग र युरोएसिया व्यापार हेर्ने पूर्वप्रमुख टेभो किभिसारीलाई मुद्दा हाल्ने तयारी भएको हो । उज्बेकिस्तानका पूर्वराष्ट्रपतिकी छोरीको संलग्नता रहेको कम्पनीसँग घूसकाण्ड जोडिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]