century-bank

वीरगन्ज महानगरमा रोचक भिडन्त: सबैलाई उछिन्दै संघीय फोरम अघि लाग्यो

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको ताजा परिणाम सार्वजनिक भएको छ । नयाँ परिणाम अनुसार संघीय समाजवादी फोरम, नेपालका तर्फबाट मेयरका उम्मेदवार विजय सरावगीले अग्रता लिएका छन् । ८४ हजार मत रहेको महानगरमा यो समाचार तयार पार्दासम्म ३७९६८ मत गणना भएको छ ।

संघीय फोरमको निकटतम प्रतिद्धन्दीमा कांग्रेस, राजपा, माओवादी केन्द्र, एमाले लगायतका दलहरु रहेका छन् । यसअघि कांग्रेस र राजपाका उम्मेदवारले एकपछि अर्को गर्दै अग्राता लिइरहेका थिए । निकटतम प्रतिद्धन्दीको भन्दा ७२ मतले अग्रता संघीय फोरमले लिएको छ ।

वीरगन्ज महानगरको ताजा मतपरिणाम 

संघीय फोरम : विजय सरावगी ८४१० पिङ्की यादव ८०९५
काँग्रेस : अजय द्विवेदी ८३३८ शान्ति कार्की ९६४५
राजपा : राजेशमान सिंह ६१४३ रम्भा मिश्र ५२५८
एमाले : बसरुद्धिन अन्सारी ४१३५ सोफिया आचार्य ५०३२
माओवादी : रहबर अन्सारी ४०३४ दुर्गा क्षेत्री २७५८
लोकतान्त्रिक फोरम : विमल श्रीवास्तव ३२०८ रिङ्कु देवि २५०४

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]