century-bank

संविधान कार्यान्वनयका लागि सबै दलहरुले आफ्नो आचरणमा सुधार ल्याउन आवश्यक : प्रथम राष्ट्रपति रामवरण यादव

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलहरुले आफ्नो आचरणमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुले ऐक्यबद्धता जनाए मुलुकको विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

न्यूज २४ टेलिभिजनसँग विशेष कुराकानी गर्दै प्रथम राष्ट्रपति यादवले हिमाल, पहाड र तराईलाई सोच्ने मानसिकतामा दलहरुले परिवर्तन गर्दै सबै दलहरु संविधान कार्यान्वयन गर्न एक हुनुपर्ने बताउनुभयो ।

फरक प्रशंगमा प्रथम राष्ट्रपति यादवले संघीयतामा दलहरु अघि बढ्दै गर्दा हिमाल पहाड र तराईको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । उहाँले तराईसँग केहि पहाडी जिल्लाहरुलाई समेत मिसाएको भए मधेसलाई लिएर विवाद नहुने टिप्पणी गर्नुभयो ।

कुराकानीका क्रममा राष्ट्रपति यादवले संविधान जारी भएको दुई वर्ष पूरा हुँदा संविधान कार्यान्वयनको चरणमा रहेकोप्रति खुसी व्यक्त गर्दै लोकतन्त्र संस्थागत हुँदै गएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]