century-bank

नयाँ नोट वितरण बुधबारदेखि सुरु

काठमाडौं ।   हिन्दु नेपालीहरुको महान् चाड दशैं नजिकिदै गएको छ । दशैंकै अबसर पारेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने गर्दछ । बुधबारदेखि सुरु भएको नयाँ नोट सटहीका लागि सर्वसाधारण विहानैदेखि लाइनमा बसेका थिए ।

नेपाल राष्ट्र बैंकले दशैका लागि बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ । ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न अघिल्ला वर्ष जस्तो लाइन बस्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

२७ हजार भन्दा थोरै पनि लिन सकिन्छ तर त्यो भन्दा धेरै नदिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन महाशाखाका निर्देशक भिष्मप्रसाद उप्रेतीले बताउनुभयो ।

दशै सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मलाई अवलम्बन गर्ने नेपाली समुदायले मनाउने गरेको छ । मुख्य रुपमा देवी दुर्गाको उपासना र पूजा अर्चना नयाँ पैसा चढाउने गरेकोले रुपैयाँ सहटीको लागी आएको सर्वसाधरणहरु बताउँछन् ।

गत बर्षकोभन्दा यस बर्ष सटहीका लागि विशेष व्यवस्था मिलाइएको छ । विगतका बर्षभन्दा यस बर्ष रुपैया सटहीमा भिडभाड त्यस्तो देखिएको छैन् ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]