century-bank

सप्तरीको तिलाठीमा निर्माण गरिएको डाइभर्सन तीन दिनमै भत्कियो

  • जितेन्द्र ‘जितु’

सप्तरी । बाढी र डुबानबाट आजित सप्तरीको पीडा सायदै कम होला । तिलाठीको नाम नसुन्ने कमै नेपाली होलान् । वर्षामा बाढी र डुबानबाट सधैं जसो प्रभावित तिलाठीमा नेपाली सेनाले नै बनाएको डाईभर्सन खाँडो नदीले बगाएपछि सर्वसाधारणको आहत कम भएको छैन ।

सप्तरीको तिलाठीस्थित राजविराज–कुनौलडी सडक अन्तर्गतको पुल डाईभर्सन खाँडो नदिले बगाएको छ । गत आईतवार मात्रै उक्त डाईभर्सनको अनुगमन निरीक्षण गर्न रक्षा सचिव श्रीधर पौडेल तथा कार्यवाहक सेना प्रमुख बलदेवराज महत हेलिकप्टर चढेर तिलाठी पुगेका थिए ।

डाईभर्सन निर्माणस्थल सम्मै पुगेर गृह सचिव तथा कार्यवाहक सेना प्रमुखले सेनाको काम प्रति सन्तुष्टि समेत जनाएको थियो । तर तीन दिन नवित्दै बुधवार विहानै खाँडो नदिमा आएको सामान्य बाढिले उक्त डाईभर्सन बगाएको छ । डाईभर्सन बगाएपछि राजविराज कुनौलि सडक खण्डमा यातायात अबरुद्ध मात्र भएको छैन चुनावी तयारीका रहेका तिलाठी कोईलाडी गाउँपालिकाको केन्द्रवाट अधिकांश वडाहरु सम्पर्क विहिन बनेका छन् ।

तिलाठीस्थित प्रहरी चौकी र बोर्डर आउट पोष्ट र तिलाठी गाउँपालिकाको मुख्य निर्वाचन अधिकारीको कार्यालयसँग सम्पर्क विच्छेद भएको गाउँपालिकाका सामाजिक परिचालक राजेशकुमार बत्सले जानकारी दिए । सहि तरिकाले काम नगरिएको कारण सामान्य बाढीले नै उक्त डाईभर्सन बगाएको स्थानियहरुको आरोप छ ।

बाढीले डाईभर्सन वगाएपछि एकातिर सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने अर्कोतिर उम्मेदवारहरुको चुनाव प्रचार अभियान समेत प्रभावित भएको छ । डाईभर्सन निर्माणका लागि यसअघि पनि सडक विभागले पटक पटक बजेट निकासा गरेको थियो । विभागले पटक–पटक बजेट निकासा गरि ठेकेदारसँगको मिलोमतोमा गुणस्तरहिन काम गर्दै उक्त रकम हिनामिना गरेको स्थानीयको आरोप छ ।

बाढीका कारण सडक अबरुद्ध भएपछि उक्त क्षेत्रका झण्डै आधा दर्जन वढि गाउँका वासिन्दाहरुलाई सास्ती वेहोर्नु पर्ने वाध्यता उत्पन्न भएको छ । तिलाठीबासीले कहिलेसम्म पीडा पाउनु पर्ने हो, जन–जन यही प्रश्न गर्छन ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]