century-bank

विभिन्न अपराधमा संलग्न भएको आरोपमा २७ जना पक्राउ

प्रकाश
चितवन । विभिन्न अपराधमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका २७ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा ज्यान मार्ने देखि जुवा खेल्ने सम्मका अभियुक्त रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले २७ जना अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख दीपक थापाले हत्यादेखि जुवा खेलमा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका २१ की २० वर्षिया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा भरतपुर २३ का १७ वर्षिय तिलक नेपालीलाई मंगलबार पक्राउ परेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो, प्रादेशिक ब्यूरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गर्दा फरार अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यस्तै चार वर्ष अघि बालिका बलात्कारमा आरोपी माडी नगरपालिका ८ का ५६ वर्षिय चोकनारायण श्रेष्ठलाई पनि मंगलबार नै प्रहरी पक्राउ गरेको छ । यस्तै पत्रकार सम्मेलनमा बालकहरुलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ का २२ वर्षिय विवेक खतिवडालाई सात र चार वर्षिय बालकहरुलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा गत सोमबार पक्राउ गरिएको हो । प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न नवलपरासीको गैंडाकोट नगरपालिका १ का ३४ वर्षिय खुमराज सापकोटालाई नारायणगढबाट हालै पक्राउ गरिएको छ ।

प्रहरीले महिलालाई होटलमा राखेर बेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका वडा नं. ११ का ३८ वर्षिय रमेश थापालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । यस्तै भरतपरको थकाली भान्साघर तथा गेष्टहाउसमा जुवा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]