century-bank

गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु

 

एजेन्सी ।  गर्भवस्थाको समय हरेक महिलाको लागि ज्यादै कष्टदायी हुन्छ तर यसपछि प्राप्त हुने सन्तानलाभले  सबै कष्ठहरु भुलाई एक आनन्दको आभास  दिन्छ ।आजकल अस्पताल पुरयाएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी सुत्केरी (सिजेरियन सेक्सन) हुने गरेको पाइन्छ ।

प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन् । प्राकृतिक रुपमा सुत्केरी हुन गर्भवती महिलाले  एकदम ध्यान दिनुपर्ने हुन्छ यसो गरेमा एकदम राम्रो हुन्छ  ।

  • तनाबबाट   : तनाबले  चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउने समेत  गर्छ । तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा रहेको  बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यो बाट टाढा रहने ।
  •  नियमित  व्यायम  :  गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी हुन्छ तर त्यो संग संगै  थोरै कसरतको पनि आवश्यकता पर्दछ । कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ र  दुखाई सहने क्षमता समेत बढाउछ ।  कसरत गर्दा व्यायम प्रशिक्षक तपाईँको साथमा रहन जरुरी छ ।
  • खानपानमा  :  खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ ।
  •  पानी  :  गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ । तातो पानीले तपाईलाई गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ ।
  • धुम्रपान  मध्यपान : धूमपान र मध्यपानले गर्भवती महिलाको  रगतमा हुने आइरनको नास गरिदिन्छ ।आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ ।
  • किटनाशक विषादी :औद्योगिक क्षेत्रका रसायनहरूबाट टाढा रहनुहोस्। यी चिजहरूले गर्भको बच्चाको विकास हुन दिँदैनन्। यी चिजहरूलाई नछुनुहोस् र यीनको वरिपरि पनि भरसक नबस्नुहोस्। यस्ता चिज राखेका भाँडाहरूमा पानी वा खानेकुरा केही नराख्नुहोस्।
Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]