century-bank

फेसबुबाट क्यान्सर पीडित युवतीले पाइन् नयाँ जीवन

झापा । सामाजिक सञ्जाल फेसबुकलाई सहि तरिकाले प्रयोग गर्न सकियो भने समाज सेवाको माध्यम बन्न सकिन्छ । यो प्रमाण  बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवती हुन् ।

युवतीको उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बन्न सफल भएका छन् ।

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि त्यो रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भयो ।

फूलकुमारीका बुबा शेषलालले छोरीको जीवन बचाइदिन आग्रह गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चचलाएका थिए ।

“छोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका बुबा  सहयोग माग्न आउनुभएको थियो, हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाती भएर घर आएको सुन्दा हामीमा खुशीको सीमा नै रहेन”, प्रधानाध्यापक कटुवालले भने । उज्यालोमा छ ।

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]