century-bank

शेयर बजार लाग्यो ओरालो

काठमाडौं । बुधबार पनि शेयर बजार ओरालो लागेका छन् । शेयर बजार ९ अंकले घटेर १ हजार ४ सय ९३ दशमलव २० अंकमा पुगेर रोकिएको छ ।

कारोबारमा आएका आठ समूहमध्ये आज होटल, जलविद्युत, फाइनान्स र बीमा समूह सामान्य बढेपनि बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूह घटेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ६३ अंकले झर्दा जलविद्युत समूह १२ दशमलव ४७ अंकले उकालो लागेको छ ।

परिसुचकमा गिरावट आएपनि मंगलबारको तुलनामा कारोबार रकममा भने केही वृद्धि देखिएको छ । मंगलबार करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दिनभर १६० कम्पनीको १२ लाख ७७ हजार ५५४ कित्ता शेयर ६ हजार ३६३ पटक खरिद बिक्री भएको छ ।आजा  मात्र लाभांश घोषणा गरेको बैंकको शेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ (१० प्रतिशत) झरेको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]