century-bank

चलचित्र ‘लिलिबिली’मा प्रदीपको पारिश्रमिक २२ लाख

काठमाडौ  । चक्लेटी नायकको छबि बनाएका नव नायक प्रदीप खड्काले नयाँ चलचित्र ‘लिलिबिली’मा अनुबन्धित भए बाफत २२ लाख पारिश्रमिक पाउने भएका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेल गर्दै चलचित्र ‘लिलिबिली’ औपचारिक घोषणा गरिएको हो ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘लिलिबिली’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने भएका छन् ।
चलचित्र ‘लिलिबिली’मा दुई जना नव युवतीहरु नायिकाको रूपमा यसै चलचित्रबाट डेव्यु गर्दै छ्न । डेव्यु गर्ने युवतीहरु जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् ।
उनीहरु हाल बेलायतमा बसोबास गर्दै आएको छ्न ।चलचित्रमा अभिनय गर्नकै लागी नेपाल आएको उनीहरुले बताएका छ्न ।

चलचित्रमा लिलिबिलीमा ‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट एकाएका उदाएका चक्लेटी नायक प्रदीप खड्काका साथै अर्का युवा नायक अनुप बिक्रम शाहीकाे पनि मुख्य भुमिका रहने चलचित्र निर्माण पक्षले जनाएका छ्न । चलचित्र घोषणाको पत्रकार सम्मेलन अनुपस्थित रहेका अनुप हाल बेलायतमा रहेको समेत जानकारी गराएका थिए । लिलिबिलीको छायाँकन तिहार पछाडी गरिने निर्देशक मिलन चाम्सले बताएका छन ।

चलचित्र लभ स्टोरीमा आधारित हुने र चलचित्रमा यो बर्षको अन्तिम अर्थात चैत्र ३० गते देश भर प्रदर्शनीमा आउने निर्माण पक्षले जनाएका छन ।चलचित्रको सम्पुर्ण छायाँकन बेलायत, स्कटल्याण्डमा सकाईने समेत निर्माण पक्षले बताएका छ्न ।महँगो पारिश्रमिक पाएका प्रदीपले र डेब्यु गर्न लागेका नवनायिकाहरुले कस्तो कमाल गर्नेहुन त्यो भने चलचित्र प्रदर्शन आएपछि थाहा हुने नै छ । हामी भने चलचित्र ‘लिलिबिलीलाई’ सफलताको अग्रिम शुभकामना दिन्छौं ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]