century-bank

विद्युतिय सवारी साधनको प्रबर्द्धनको सुरुवात गरे कुलमानले कार्यालयबाट

काठमाडौं । प्राधिकरणका प्रमुख कुलमान घिसिङ विद्युतिय सवारी साधनको प्रबर्द्धनको सुरुवात आफ्नै कार्यालयबाट गरेका छन् । कुलमान घिसिङले प्राधिकरणमा विद्युतिय सवारी साधन खरिद गर्ने योजना अघि सारेको हो।

विद्युत प्राधिकरणको नयाँ कम्पनी एनईए इन्जिनियरिङमा टेन्डरमार्फत इलेक्ट्रीकल भेहिकल भित्राउन लागिएको छ । यसका लागि टेन्डर पनि  भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए  ।माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षको अन्त्यसम्ममा सके लगातै  देशमा ४ सय ५६ मेगावाट बिद्युत थपिनेछ ।बिद्युत खेर जान नपाओस् भन्ने उद्देश्यका साथ विद्युतीय सवारी साधनको प्रबर्धन गर्न लागिएको प्राधिकरण प्रमुख घिसिङले बताए ।

प्राधिकरणमा अहिले ३ करोड सम्मको सवारी साधन खरिद भएको देखिन्छ ।  नेपाली बजारमा उपलब्ध बिद्युतीय सवारी साधन भने ५० लाख भन्दा बढिका छैनन् ।विद्युतीय गाडी खरिदसँगै विद्युत प्राधिकरणको कार्यालय हातामा चार्जिङ सबस्टेशन राखिनेछ । बिद्युतीय सवारी साधन चार्जिङ गर्नको लागि यो चार्जिङ स्टेशन राख्न लागिएको हो ।

 

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]