century-bank

‘प्रेमगीत’नायक प्रदीप खड्का दुई नायिका सँगै नयाँ चलचित्र ‘लिलिबिली’मा

२८भदौ,२०७४

‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट उदाएका नायक प्रदीप खड्का नयाँ चलचित्र ‘लिलिबिली’मा अनुबन्धित भएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । ‘लिलिबिली’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने छन् ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुत्त प्रस्तुती रहेको चलचित्र ‘लिलिबिली’मा दुई नायिकाले एकसाथ डेव्यु गर्ने लागेका हुन् । डेव्यु गर्नेमा युकेमा बसोबास गर्दै आइरहेकी जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । त्यस्तै चलचित्रमा नायक अनुप बिक्रम शाहीकाे मुख्य भुमिका रहने बताइएकाे छ । तिहार पछि छायाँकन सुरु गरिने लिलिबिलीको सम्पुर्ण छायाँकन युके, स्कटल्याण्ड र इङल्याण्डमा हुने छ । लभ स्टोरीमा आधारित रहेको चलचित्रमा प्रदर्शन पनि यहि बर्ष चैत्र ३० गते हुने निर्माण पक्षले जनाएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]