century-bank

वर्ष अगाडि स्थापना गरेको माटो परीक्षण प्रयोगशाला प्रयोगविहीन

  • दानबहादुर बुढा

मुगु ।  जिल्ला कृषि विकास कार्यालय मुगुले एक वर्ष अगाडि स्थापना गरेको माटो परीक्षण प्रयोगशाला प्रयोगविहीन भएको छ । गत वर्षमात्र उद्घाटन भएको मिनी माटो प्रयोगशाला प्रयोगमा नआउँदा पाँच लाख बढी मूल्यका उपकरण थन्किएका छन् ।

माटो परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाका लागि दक्ष जनशक्तिको अभाव रहेको छ । माटो परीक्षणका लागि अझ केही सामान आउन बाँकी रहेकोले प्रयोगशाला सञ्चालनमा आउन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक धर्मबहादुर शाहीले बताउनुभयो ।

कर्णाली अञ्चलमा पहिलो पटक उद्घाटनमात्र भएको प्रयोगशाला कक्ष समेत राम्रोसंग निर्माण भएको छैन । प्रयोगशालाका लागि भने ल्याइएका उपकरणहरु समेत बोरामा थन्काईएको छ भने प्रयोगशाला सञ्चालनको पहल अहिलेसम्म गरिएको पाईएको छैन ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]