century-bank

नेपाली हट गायिका ईन्दिरा जोशीको नयाँ गित सार्वजनिक हेर्नुस् भिडियो सहित

  • हरिशजङ्ग क्षेत्री
काठमाडौ ।  श्रीलंकाका चर्चित गायक, सङ्गितकार तथा र्‍यापर ईराजको प्रोजेक्टमा चौथोपटक काम गरेकी नेपाल चर्चित गायिका ईन्दिरा जोशीको सुन्दर आवाजमा ‘मेरो बाबा’ बोल रहेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गितलाई ‘बेहुली २ शीर्षक’ दिईएको छ ।
४ बर्ष अगाडी ईन्दिरा जोशी र सन्तोष लामाको उत्कृष्ट आवाजमा सार्वजनिक भएको बेहुली बोलको गितलाई धेरै दर्शकहरूले रुचाउनको साथै  श्रीलंकन भर्जनमा समेत धेरै रुचाएका थिए । फेरि एक पटक उक्त गितलाई ईराजले बेहुली दोस्रो भागमा ल्याएका छ्न । ईराजको संगीत र मेलोडी रहेको बेहुली गितको दोस्रो भागमा ईन्दिरा जोशीको उत्कृष्ट स्वर सुन्न सकिन्छ । यो गितलाई सबिन सिह ‘एकतारे’ ले लेखेका हुन ।
प्रियङ्गा रानासिङ्गेले निर्देशन गरेको म्युजिक भिडियोमा ईराज, ईन्दिरा जोशी र बेहुलीको पहिलो भिडियोमा अभिङरेका केहि कलाकारलाई दोहरिएका छ्न भने केही नयाँ अनुहार पनि देख्न सकिन्छ । ईराज प्रोडक्सनन्स प्राइभेट लिमिटेड र मल्टिस्वर्सिङ्ग लंका पालीले उत्पादन गरेको म्युजिक भिडियोलाई श्रीलंकामै छायांकन गरिएको छ, भने भिडियोलाई एकदमै उत्कृष्ट बनाउने प्रयास गरिएको छ । यो गितलाई नेपाली दर्शकले कतिको मन पराउने हुन ।
ईराजले ईन्दिरालाई यसअघि तीन वटा गितमा गाउन मौका दिएका थिए । जसमध्ये बेहुली गितले एकदमै चर्चा पाएको थियो । साथै ईराजले यस अघि नेपालका चर्चित र्‍यापर तथा गायक स्वर्गीय यम बुद्ध, सन्तोष लामा र कमल सिह खत्रीलाई श्रीलंकामै बोलाएर उनीहरु सङ्ग काम गरिसकेको छ्न ।
Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]