century-bank

सैनिक र सशस्त्र विद्रोहीबीचको झडपमा ११ जना मारिए

कराकस । भेनेजुएलाको दक्षिणी राज्य बोलिभारको तुमेरेमो सहरमा भेनेजुएली सैनिक र सशस्त्र विद्रोहीबीच भएको झडपको क्रममा एघार व्यक्तिको मृत्यु भएको छ ।

मारिने व्यक्ति को हुन् भन्ने बारेमा खुल्न सकेको छैन । गस्तीमा रहेको सैनिक समूहमाथि हतियारधारीले आइतबार आक्रमण गरेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार आइतबार विहान ११ बजे सुरक्षा अधिकारी गस्ती गरिरहेको स्थानमा हतियारधारीले आक्रमण गरेपछि सो झडप भएको नागरिक मन्त्रालयले जानकारी दिएको छ ।

सैनिक गस्तीमा भएको सशस्त्र आतङ्ककारीको आक्रमणमा परी एक जना सैनिक घाइते भएका सेनाद्वारा जारी विज्ञप्तिमा जनाकारी दिइएको छ ।

यस घटनाको अनुसन्धान सुरु गरिएको छ । आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको जानकारी पनि सैनिकद्वारा जारी विज्ञप्तिमा दिइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]