century-bank

बानेश्वरमा मन्त्रीको गाडी दुर्घटना प्रकरण

काठमाडौं ।  शुक्रवार सञ्चार राज्य मन्त्री तप्तवहादुर विष्ट सिंहदरबारबाट नयाँ बानेश्वर स्थीत संसद भवन जाँदै थिए । उनि बा १ झ ७१६३ नम्बरको गाडीमा झण्डा हल्लाएर कुद्दै गर्दा उनको गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

ठक्करबाट सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ र उनकी सानिमा अञ्जु श्रेष्ठ घाइते भएका छन् । दुर्घटना अप्रत्यासी हुन्छन तर दुर्घटना पछिको उद्वार तथा उपचार अपरीहार्य हुन्छ । यो सामान्य मानिसले पनि पुरा गर्नुपर्ने कर्तव्य हो । तर सञ्चार राज्य मन्त्री गाढीले ठक्कर दिएपछि मन्त्री एक पटक पनि गाढीबाट झरेनन् र उनी सरासर बाटो लागे ।

त्यहाँ रहेको प्रहरीले हामी मिलाउँछ भनेर मन्त्रीलाई भगाएका थिए । यो एउटा सडक दुर्घटना हो । सुरक्षाका कारण प्रहरीले राज्य मन्त्रीलाई घटना स्थलबाट टाढा लैजानु स्वभाविक हो । तर राज्य मन्त्रीको जिम्मेवारी पाएका जिम्मेवार राजनितिज्ञले यसरी दुर्घटनाबाट स्थल छाडेर कसरी भागे यो सवैका लागि चासोको विषय हो ?

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]