century-bank

रुद्रप्रियाको दमदार ट्रेलर सार्वजनिक, कस्तो छ ? ( हेर्नुस् ट्रेलर )

  • हरिशजङ्ग क्षेत्री

काठमाडौं  ।नायिका रेखा थापाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र रुद्रप्रियाको ट्रेलरमा सोमबार युट्युब मार्फत सार्वजनिक भएको छ। रेखा थापा ब्यानरमा बनेको चलचित्रको ट्रेलरमा एक्सन, रोमान्स, रोदन हासो खुशीलाई मिश्रित रूपमा देख्न सकिन्छ ।

चलचित्र रुद्रप्रियामा रेखा थापा र आर्यन सिग्देल, राजन इशान, टिका पहारी लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ । चलचित्रमा संगीत सुरेश अधिकारी अर्जुन पोखरेल र राजनराज सिवाकोटीको रहेको छ ।चलचित्र रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छ्न ।

चलचित्र कात्तिक २ लक्ष्मीपूजा दिन प्रदर्शनमा आउन लागेको छ । चलचित्र रुद्रप्रियाको ट्रेलरलाई बुढासुब्बा कम्पनीको आफ्नो युट्युब च्यानलमा सार्वजनिक भएको हो ।केहि साता अगाडी रुद्रप्रियाको सुन्दर गितको भिडियो सार्वजनिक भएको थियोे ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]