century-bank

आइतवार नेप्से परिसुचक ३४ दशमलव ८९ अंकले घट्यो

काठमाडौँ । आइतवार नेप्से परिसुचक ३४ दशमलव ८९ अंकले घटेर १ हजार ५ सय १९ दशमलव ६६ अंकमा कारोवार भएको छ । आइतवार ९२ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार सूचक निरन्तर घट्न थालेपछि लगानीकर्ताहरुले आत्तिएर शेयर बेच्न खोज्दा कारोबार रकम केही बढेको छ । दिनभरीमा १५८ कम्पनीको ९२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कुल १५ लाख ५७ हजार ३८३ कित्ता शेयर किनबेच भएका छन् ।

बैंक तथा वित्तीय संस्थालगायतका कम्पनीहरुले लाभांश दर धमाधम घोषणा गर्न थालेपछि शेयर बजार झर्न थालेको थियो । आइतबार भने फराकिलो अन्तरले बजार झरेको हो । सबै उपसूचकहरु रातो भएका छन् ।

आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २९६ दशमलब ७१ अंकले घटेको छ । त्यस्तै होटल ५१ दशमलब ३४, जलबिद्युत ४० दशमलब ४८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २८ दशमलब ६६ अंकले घटेको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]