century-bank

‘दशैंको बेला सस्तो मेला’ दुई दिनमै २० हजार अवलोकन गरे

काठमाडौं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेलाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले अवलोकन गरेका छन् ।

दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले बताए । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले पनि अबलोकन गरेका छन् ।

अबलोकपछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र ब्यबशायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए ।

बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका छन् ।

मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]