century-bank

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार १४ दशमलब ५५ अंकले ओरालो लागेको छ । दिन भरीमा सेयर बजार १ हजार ५ सय ९८ दशमलब ३६ अंकमा झरेर बन्द भएको हो ।

बुधबार बजार दोहोरो अंकले घट्दा लगानीकर्ताले सस्तो मूल्यमा सेयर खरिदको क्रम बढाउदा झण्डै एक अर्ब बराबरको कारोबार भएको छ । बुधबार ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा ७ करोड रुपैयाले बढी रहेको नेप्सेले जनाएको छ । कारोबारमा आएका उत्पादन र अन्य समूह बाहेक सबै समूहमा गिरावट आएपछि नेप्सेमा उच्च गिरावट आएको हो ।

बुधबार बैंकिङ समुह १६ दशमलब ७७, होटल समुह २२ दशमलब ७३, विकास बैंक समुह ३ दशमलब ७६, वित्त कम्पनी समुह ७, जलविद्युत समुह २१ दशमलब २९ र बीमा समुह १ सय ६ दशमलब २६ अंकले घटेको छ ।

उत्पादन समुहको परिसुचक १२ दशमलब ३९ अंकले र अन्य समुह २ अंकले बढेको छ । विहिबार छिमेक लघुवित्तको सबैभन्दा धेरै ६ करोड ५५ लाख बराबरको कारोबार भएको छ भने दोश्रो बढी कारोबार हुनेमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ८७ रुपैयाँ कारोबार भएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]