century-bank

गर्भवती महिलालाई अस्पताल लैजाने क्रममा एम्बुलेन्स डुब्दा ६ जनाको मृत्यु

रौतहट। जिल्लाको राजपुर गाउँपालिकामा एम्बुलेन्स डुब्दा एकै परिवारका ६ जनाको ज्यान गएको छ । राजपुर गाउँपालिका ३ का चन्दन यादवकी श्रीमती सर्मिला यावदलार्इ सुत्केरी ब्यथा लागेपछि गौर लाने क्रममा राजपुर गाउँपालिका स्थित पेट्रोल पम्प नजिक रहेको खाडलमा एम्बुलेन्स डुब्दा एकै घरका ६ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चन्दन यादवकी आमा सुमित्रा देबी, भाउजु ललिता देबी, भतिज सरोज यादव, छोरी छोटु कुमारीको ज्यान गएको हो । एम्बुलेन्समा रहेका अरु दूईजना पौडेर बाच्न सफल भएको स्थानी बासिन्दा शृख ओकिलले जानकारी दिए । डुबेको भारतीय नम्बरको एम्बुलेन्स फेला पर्न सकेको छैन ।

पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने बागमती चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने लच्कामा बाढी आएका कारण आज पनि सवारी साधान चल्न सकेका छैनन् । सयौ सवारी साधान र हजारौ यात्रु रौतहटको बागमती र चन्द्रनिगाहपुरमा अलपत्र परेका छन् ।

शनिबार दिउँसो जिल्लाको देवाही गोनाही गाउँपालिका ८ दोहर टोलमा लाला बकैया खोलाको पानी पसेर सयौ स्थानीय फसेका छन् । उद्धार टोली सो स्थानमा पुग्न सकेको छैन् । जिल्ला पूर्ण रुपमा डुवानमा परेको छ । संचार सेवा अवरुद्ध भएका कारण थप जानकारी प्राप्त हुन सकेको छैन ।

राजमार्ग अवरुद्ध, राहत र उद्धारमा कठिनाइ

पाँच दिनदेखि लगातारको वर्षाका कारण धादिङ जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए ।

गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना÷साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ न. को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् ।

यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पु¥याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो ।

हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]