century-bank

सडकमै बोटिङ्ग ! (फोटो फिचर)

जनकपुर अञ्चल अस्पताल परिसरमा बाढी पसेपछि एक जना स्थानीयले सडकमै बोटिंग गरेको दृश्य सामाजिक संजालमा भाइरल बनेको छ । तराई रोइरहेको बेलामा यस्तो फोटोले मनोरन्जन दिनु भन्दा पनि सरकारले बाढी पिडितको सहयोग र राहातमा गरेको ढिला सुस्तिको व्यंग्य भने अबश्य गरेको छ।

फोटो – सामाजिक सञ्जाल

सिन्धुली, सुनसरी, बाँके, बारा, सर्लाही, मोरङ, धनुषा, बर्दिया, सप्तरी, झापा, मकवानपुर, पर्सा, रौतहट, पाँचथर, दाङ, पाल्पा, धादिङ, कपिलवस्तु, सुर्खेत, ललितपुर, चितवनलगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण दर्जनौको दुखद निधन भएको छ ।भने ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

सरकारले बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझैँ पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]