century-bank

आफुलाई हावादारी भन्नेहरुलाई केपी ओलीले जोमसोम आउन सल्लाह दिए ,किन?

काठमाडौं ।हावाबाट बिजुली निकाल्ने घोषणा गर्ने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली हासो र व्यंग्यको पात्र बनेका थिए तिनै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गरेका छन् ।

हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण एवं उद्घाटन आरम्भ गर्न ओलीलाई हेलिकोप्टर मार्फत झिकाएका थिए ।
हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए ।

आफ्नो योजनालाई हावामा उडाउनेहरुलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीले आग्रह गरे ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]