century-bank

बाढीपहिरो प्रभावित क्षेत्रमा सक्रियताका साथ जुट्न डाक्टरहरुलाई चिकित्सक संघको आग्रह !

नेपाल चिकित्सक संघले आफ्नो सबै सदस्यहरुलाइ बाढी पहिरोले हुन सक्ने सरुवा रोग, र स्वास्थ्य समस्या नियन्त्रणको लागि सक्रियता साथ जुट्न अपिल गरेको छ ।
मुलुकभर बाढी र पहिरोले जनधनको क्षतिसंगै जनजीवन नराम्ररी प्रभावित भएपछि चिकित्सक संघले आफ्ना मुलुकभरका चिकित्सकहरुलाई सहयोगमा जुट्न अपील गरेको हो ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सबै शाखा कार्यालयहरुले आफ्नो सदस्यहरुलाइ घटनास्थलमा अबिलम्ब पठाएर स्वास्थ्य समस्या सामाधानको लागि जुटन आग्रह गर्नुभयो । चिकित्सकहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवनयापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत सरकारसंग माग पनि गरेको छ । मुलुकमा संघका सदस्य करिब ७ हजार र दर्ता भएका २० हजार चिकित्सक छन् ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]