century-bank

चीनको चेतावनीपछी कालापानी क्षेत्रमा भारतिय सैनिकको अस्वभाविक गतिविधि

काठमाडौं । दोक्लमको विषयलाई लिएर चीन र भारतबीच डेढ महिनादेखि चलेको विवादमा अन्ततः नेपालको कालापानी क्षेत्र समेत तानिएको छ । चीन र भारतविच तनाव वढ्दै गएपछि भारतले त्रिदेशिय सिमा क्षेत्र दार्चुलाको कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । भारतिय सेनाले विवादास्पद कालापानीमा पछिल्ला एक सातादेखि सैनिक गतिविधि बढाएको उच्च स्रोतले जानकारी दिएको छ ।

चिनिया संचारमाध्यमहरुले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिती भए के हुन्छ भनेर भारतमाथी दबाव बढाइरहेका बेला कालापानी क्षेत्रमा भारतिय सैनिकको उपस्थिती बढेको हो ।भारतको धारचुलामा रहेको गार्खा रेजिमेण्टको ब्यारेकबाट भारतिय सेनाको हेलिकोप्टरबाट दैनिक जसो सेनाका जवानहरु ओसारिरहेको स्रोतको दाबी छ । दार्चुलाबाट पत्रकार नरेन्द्र कार्कीले पनि सो क्षेत्रमा पछिल्ला दिनमा अस्वभाविक गतिविधि हुन थालेको जनाएका छन ।

यसैबिच भारतिय दैनिक पत्रिका नव भारत टाईम्सका अनुसार डोकलाम विवादपछि भारतले चिनसंग जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ । डोकलाम विवादपछि चिनिया सैनिकको आक्रमक गतिविधिलाई मध्यनजर गर्दै भारतले एक हजार चार सय किलो मिटर लामो चिन भारत सिमा क्षेत्रमा सैनिकको संख्या बढाइएको हो ।

सामरिक महत्वको सो क्षेत्रमा सन १९६२ मा चिन र भारतबिच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षती समेत ब्यहोरेको थियो । सो क्षेत्रमा भारतको तर्फबाट भारतिय सेनाका अतिरिक्त ईण्डिया तिब्बत बोर्डर पुलिस आईटीबीपि को पनि ठूलो संख्यामा तैनाथ छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]