century-bank

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिवद्धतापत्र जारी

पाँचथर । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ ।

यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकलपर्सन ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

प्रतिवद्धतापत्रमा बहुक्षेत्रीय पोषण योजनाले परिलक्षित गरेका सूचक प्राप्त गर्न योगदान पु¥याउने, गाउँपालिकाको सबै वडामा बहुक्षेत्रीय पोषण योजना विस्तार आगामी पाँच वर्षभित्र पूरा गर्न संस्थागत र मानव स्रोतको क्षमता सुदृढ गर्ने, गर्भवती तथा सुत्केरी आमालाई कार्यविधि बनाइ पोषण भत्ता प्रदान गर्ने रहेका छन् ।

यस्तै सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय जाने वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चततासमेत गर्नेलगायत १० बुँदे प्रतिवद्धतापत्र जारी गरिएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]