century-bank

पूर्वाधार विकास बैंकमा विदेशीलाई ८५ प्रतिशतसम्म लगानी अधिकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकमा विदेशीले ८५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थासहित बैंकको लाइसेन्स खुला गरेको छ । शुक्रबार ‘पूर्वाधार विकास बैंकसम्बन्धी नीतिगत व्यवस्था-२०७४’ सार्वजनिक गरी राष्ट्र बैंकले पहिलोपटक इजाजत दिने तयारी गरेको हो ।

पूर्वाधार बैंक सञ्चालन गर्न न्यूनतम २० अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । स्वदेशी तथा विदेशी दुवैको लगानीमा पूर्वाधार विकास बैंक स्थापना हुन सक्ने व्यवस्था गरिएको छ । ठूला पुल, सडक, जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्ने पूर्वाधार विकास बैंकको मुख्य उद्देश्य हो ।                                          (अन्नपूर्ण पोस्टबाट )

विदेशी बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानी नरहेको अर्थात् स्वदेशी लगानी मात्रै रहेको हकमा बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ देखि ७० प्रतिशत र सर्वसाधारणको न्यूनतम ३० देखि ४९ प्रतिशत सेयर लगानी हुनुपर्नेछ । यसरी स्थापना हुने बैंकले सर्वसाधारणका लागि छुट्ट्याएकोमध्ये कर्मचारीलाई ०.०२ प्रतिशतसम्म सेयर छुट्ट्याउन सक्नेछ ।

बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० देखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछन् ।विदेशी लगानीकर्ता र सर्वसाधारण समूहको सेयर छुट्ट्याएपछि मात्र बाँकी रहने सेयर नेपाली संस्थापक समूहले पाउनेछन् ।पूर्वाधार विकास बैंकका संस्थापकमध्ये कम्तीमा एकतिहाई स्नातक गरेको हुनुपर्नेछ ।

एकाघर परिवारमा चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र सेयर राख्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले ३० दिनभित्र सैद्धान्तिक सहमति दिन सर्त तोकी संस्थापकले कबुल गरेको सेयर पँुजीको ४५ प्रतिशत रकम जम्मा गर्न राष्ट्र बैंकले आदेश दिनेछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]