century-bank

३५ हजार घुस लिदै गर्दा शिक्षा कार्यालय रौतहटका ओभरसियर अख्तियारद्वारा पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय रौतहटका सब-इन्जिनियर ललन कुमार सिंहलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई शुक्रबार रौतहटको गौरबाट रंगेहात पक्राउ गरेको हो ।

श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेश्रो किस्ता बापतको रकम निकासा गराइदिनका लागि सब-इन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक राम उदर यादवसँग रकम माग गरेका थिए । आफै पनि तारेखमा रहेका राम उदर यादवले अख्तियारका कर्मचारीलाई शिक्षा कार्यालयका सब-इन्जिनियरले दुई वर्ष अघिको रकम फर्छ्यौट निकासाका लागि रकम मागेको उजुरी गरेका थिए ।

पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडामा पठाइएको छ । अख्तियारबाट खटिएका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काको टोलीले उनलाई गौरस्थित बीपीचोकमा प्रदीप केशरीको चिया पसलबाट पक्राउ गरेको बताइएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]