century-bank

कुन कुन कलाकारको छ त आफ्नै बिमान ?

एजेन्सी । बलिउडका थुप्रै कलाकारहरु जस्ले आफ्नै निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियंका चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् ।

चर्चित भारतीय नायक सलमान खान को आफ्नै निजी विमान छ फ्यान फलोअरबाट बच्न पनि उनी सफरमा यही नीजी विमानमा सयर गर्ने गर्छन् ।

प्रियंका चोपडा पनि आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछिन् । विशेषगरी मानिसको भिडभाडबाट टाढा रहन कलाकारहरु यस्तो गर्ने गर्छन् ।

ऋतिक रोशन पनि आरामदायी यात्रा गर्नका लागि आफ्नो निजी विमानमै यात्रा गर्ने गर्छन् ।

अजय देवगन पनि शान्तिपूर्ण भ्रमणका लागि आफ्नो निजी विमानकै प्रयोग गर्ने गर्छन् ।

अभिनेता अमिताभ बच्चन पनि शान्तिपूर्ण यात्राका लागि आफ्नो निजी विमानमै यात्रा गर्न रुचाउँछन् ।

अभिनेता अनिल कपूर समेत भ्रमण गर्नुपरेमा आफ्नो निजी विमान नै चुन्ने गर्छन् । फिल्म ‘दिल धडक्ने दो’मा सँगै काम गरेका समय उनी रणवीर सिंह र फरहानसँग आफ्नो निजी विमानमा देखिएका थिए ।

शिल्पा शेट्टी पनि भ्रमणका क्रममा आफ्नै विमान प्रयोग गर्ने गर्छिन् ।

ऐश्वर्या राय बच्चन र अभिशेक बच्चनकाे पनि अाफ्नाे छुट्टै विमान छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]