century-bank

ट्युबलाइट फ्लप भएपछी सलमानले वितरकलाई फिर्ता गरे ५२ करोड क्षतिपूर्ति

बलिउड अभिनेता सलमान खानले फिल्म ‘ट्युबलाइट’ नचलेपछि वितरकलाई क्षतिपूर्ति दिनुपरेको छ । उनले वितरकहरूलाई ५२ करोड क्षतिपूर्ति दिएका हुन् ।

बक्स अफिसमा गतिलो प्रदर्शन गर्न नसकेको ट्युबलाइटले सलमानलाई नै निराश बनायो । फिल्म वितरक घाटामा गए । त्यसो त फिल्म घाटामा जाँदैमा सबैले वितरकलाई क्षतिपूर्ति दिँदैनन् । यो बाध्यकारी नियम पनि होइन ।

तर, सलमानले वितरकलाई घाटा भए भरपाई गर्ने वाचा गरेका थिए । अहिले त्यही वाचा पूरा गर्दै उनले ५२ करोड रुपैयाँ बुझाएका हुन् । भारतीय सञ्चारमाध्यममा आएका खबरअनुसार सलमानले क्षतिपूर्ति दिने यो कदम उनका बाबुका कारण लिएका हुन् । बाबुकै सल्लाहमा उनले वितरकहरूलाई क्षतिपूर्ति दिएको खबर छ ।

 

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]