century-bank

संगीतकारको नजरमा गायिका र गायिकाको नजरमा संगीतकार- एकको नजरमा अर्को : कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी

कालीप्रसादको नजरमा इन्दिरा

कहिलेकाहीँ रिसाउनुभयो भने दिनभरि ठुस्केर बस्नुहुन्छ ।
यो बानीचाहिँ सुधार्नुभयो भने निकै राम्रो हुन्छ ।

राम्रो पक्ष : इन्दिरा जोशी निकै राम्रो गायिका हो । एमदमै ट्यालेन्टेड हुुनुहुन्छ । उहाँले हरेक कुरालाई न्युट्रल भएर सोच्नुहुन्छ । यो उहाँको एकदमै राम्रो बानी हो । धेरैजसो मान्छेले आफ्नो गल्ती, कमजोरी आफैँ पहिल्याउँदैनन्, तर, इन्दिरालाई आफ्नो क्षमता के छ र कमजोरी के छ भन्ने कुरा राम्ररी थाहा छ । एकदमै मिलनसार हुनुहुन्छ उहाँ । जोकोहीसँग पनि मिल्न सक्ने क्षमता छ । समय म्यानेज गर्ने कुरामा एकदमै सचेत हुनुहुन्छ । उहाँले कुनै पनि कुराको निर्णय गर्दा सकारात्मक ढंगले नतिजा दिनुहुन्छ, यो उहाँको सकारात्मक पक्ष हो ।

सुधार्नुपर्ने बानी : इन्दिराको सुधार्नुपर्ने पक्ष त खासै केही छैन । तर, कहिलेकाहीँ रिसायोे भने दिनभरि ठुस्केर बस्नुहुन्छ । यो बानीचाहिँ सुधार्नुभयो भने निकै राम्रो हुन्छ । योबाहेक अरू खासै छैन ।

इन्दिराको नजरमा कालीप्रसाद

उहाँको नराम्रो बानी केही पनि छैन ।
मेरो उहाँ म्युजिकको गुरु हो ।
त्यसैले म उहाँको कुनै पनि कुरामा कमेन्ट गर्न चाहन्न ।

राम्रो पक्ष : कालीप्रसाद बास्कोटाको सबै बानी राम्रो छ । उहाँ एकदमै राम्रो संगीतकार हो । युवापुस्ताले धेरैपछि उहाँजस्तो संगीतकार पाएको छ । उहाँलाई पब्लिकको रुचि के छ भन्ने राम्ररी थाहा छ । उहाँले रचना गर्नुभएका सबै गीत हिट छन् । उहाँ रमाइलो र साधारण स्वभावको हुनुहुन्छ । अहिलेसम्म उहाँ रिसाएको, ठुस्केको मैले देखेकै छैन । उहाँ बौद्धिक हुनुहुन्छ । साथै, कुरा बुझ्नुहुन्छ । जोकोहीलाई पनि सहजै कुरा बुझाउन सक्ने क्षमता उहाँमा छ ।

सुधार्नुपर्ने बानी : वास्तवमा भन्नुपर्दा उहाँको नराम्रो बानी केही पनि छैन । मेरो उहाँ म्युजिकको गुरु हो । त्यसैले म उहाँको कुनै पनि कुरामा कमेन्ट गर्न चाहन्न । आजको नयाँ पत्रिकाले छापेको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]