century-bank

चलचित्र ‘स्काउट’ भदौ ८ गते रिलिज हुने (ट्रेलर हर्नुहोस)

काठमाडौं । निर्माण भएको लामो समयपछि फिल्म ‘स्काउट’ रिलिजमा आउने भएको छ । निर्माण भएको नै करिव १ बर्ष भन्दा बढी नै भईसकेको यस फिल्मको नेपाल बाहिर च्यारिटी शोहरु भने भईसकेको छ । यो फिल्मको निर्माण पक्षले गत वर्षनै रिलिज गर्ने बताए पनि विविध कारणले रिलिजमा आउन सकेन ।

तर, यो फिल्म अब भने पक्का रिलिज हुने भएको छ । निर्माण पक्षले दिएका जानकारी अनुसार यो फिल्म भदौ ८ गते देखि सम्पुर्ण दर्शकमाझ रिलिजमा आउने भएको छ । महिलाहरुको महान पर्व तीजको अवसरमा फिल्मको निर्माण पक्षले ‘स्काउट’लाई रिलिज गर्न लागेका हुन् ।

यस फिल्मको अफिसियल ट्रेलर र गीत रिलिज भईसकेको छ । फिल्मकोे बलियो पक्ष गीत संगीत र कथा वस्तुलाई मानिएको छ । (स्काउट) नामक संस्था नेपालमा स्थापित रहेको कुरा त सबैलाई थाहा भएकै कुरा हो । सोही संस्थाले नेपालमा गरेको सकारात्मक काम, कारवाही र नेपालको समाजमा आएको परिवर्तनको कुरा पनि फिल्ममा समाबेश गरिएको छ ।

फिल्ममा गरिमा पन्त संगै नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, भद्रगोलकी कलाकार रक्षा श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्मलाई गोबिन्द गौतमले निर्देशन गरेका हुन् । फिल्मको सह(निर्माताको रुपमा ईश्वर तिवारी रहेका छन्, भने कार्यकारी निर्माता कृष्ण प्रसाद लामिछाने रेहका छन् ।

निर्माता तथा वितरक केदार पराजुलीका अनुसार फिल्मको बिषयबस्तु विश्वकै चर्चित संस्था (स्काउट)संस्था संग सम्बन्धित रहेको कारण यो फिल्म सबैले हेर्नुपर्नेछ । त्यस्तै, फिल्मले नेपाली समाजमा निकै नै राम्रो संदेश प्रस्तुत गर्ने दाबी निर्माता केदार प्रसाद पराजुलीको रहेको छ । नेपाली समाजको कथा बस्तुलाई समेटेर फिल्म बनाएको र (स्काउट)ले धेरै दर्शकहरुको मन जित्ने विश्वास पनि निर्माता पराजुलीको रहेको छ ।

ट्रेलर हेर्नुहोस

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]