century-bank

सरकारले भूकम्प पीडितलाई दिएको ट्याक्सी किनबेच

काठमाडौं । सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ ।

सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।
अहिले ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ । तर, ट्याक्सीको नम्बर प्लेट किनबेच सुरु भएको छ ।काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्प पीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्चिनेहरु भेटिएका छन् ।भूकम्प पीडितलाई प्रभावित गरेर प्लेट खरिद गर्न बिचौलियाहरु पनि सक्रिय भएका छन् ।

पछिल्लो पाँच दिनमा यातायात ब्यवस्था विभाग, साना-ठूला सवारी कार्यालय एकान्तकुनामा भूकम्प पीडितले पाएको नम्बरका ८० वटा ट्याक्सी दर्ता भएका छन् ।यसमध्ये ५० वटा ट्याक्सी भूकम्प पीडितले अर्काकै नाममा नामसारी गरिदिएका छन् । ट्याक्सी दर्ता नरोकिएपनि नामसारी नरोकिएका कारण यो सहज भएको हो ।

‘नम्बर पाएका भूकम्प पीडित स्वयंमले ट्याक्सी नल्याएसम्म दर्ता नगर्ने ब्यवस्था गरेका छौं,’ कार्यालय प्रमुख बसन्त अधिकारीले भने, ‘तर, दर्ता गर्ना साथै नामसारी हुने गरेको छ । कानुनतः ट्याक्सी नामसारी गर्न पाइने भएकाले रोक्न सकेनौं ।’सरी नामसारी गर्दा भूकम्पपीडितले अनौपचारिक रुपमा राम्रै रकम बुझेका छन् । तर, भूकम्प पीडितलाई स्वरोजगार बनाउने उद्देश्य भने पुरा नहुने भएको छ ।

भूकम्प पीडितका नाममा पाएको ट्याक्सी बेच्नेहरुले भने बैंकले ऋण नदिने भएकाले १६ लाख भन्दा बढी खर्चिएर ट्याक्सी किन्ने अवस्था नभएको तर्क गरेका छन् ।काठमाडौंमा अहिले साढे ५६ सय ट्याक्सी छन्, जुन २०५७ सालमा ७५ सय हाराहारी थियो । पछिल्लो समय भाडाका ट्याक्सीको नयाँ नम्बर दर्ता पनि रोकिएको छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]