century-bank

विद्युत सर्ट भै आगलागी हुदा ४ कोठे पक्की घर पूर्ण रुपमा जलेर नष्ट  

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकामा आगलागी हुँदा एक जनाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

जिल्लाको परशुराम नगरपालिकाको ७ मा बस्ने गगन बहादुर सिहको घरमा गए राति १२ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ। आगलागी हुँदा एक गाई र एक गोरु जलेर मरेका बताइएको छ। यस्तै, २ गोरु जलेर घाइते भएका छन्।

आगलागिमा ४ कोठे पक्की घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट १२ लाख जतिको क्षतिको अनुमान गरिएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भै आगलागी भएका प्रहरीले जनाएको छ

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]