century-bank

आयल निगमले माग पूरा गरेन, व्यवसायी आन्दोलित

काठमाडौं । नेपाल आयल निगम सन्चालक समितिको बैठकले सिंकेज लस र वर्किङ लसको कारण व्यवसायीले व्यहोर्दै आएको मागलाई सम्बोधन नगरेपछि व्यवसायी आन्दोलित भएका छन् ।

नेपाल गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्वबावु पुडासैनीको संयोजकत्वमा गठित छानविन टोलीले झण्डै एक बर्ष लगाएर दिएको प्रतिवेदनको विस्तृत अनुसन्धान गर्नु पर्ने भन्दै सन्चालक समितिको बैठकले सोमबार अर्को समिति गठन गरेपछि पेट्रोलियम व्यवसायी आन्दोलित भएका हुन् । वाग्मती पेट्रोलियम व्यवसायी संघका अध्यक्ष अच्युत खड्काले भने हामीलाई पटक पटक झुक्याउने मात्रै काम भएकाले मंगलवारबाटै पेट्रोलियम पदार्थ उठाउँदैनौं । मंगलवारको सन्चालक समितिको बैठकबाट माग पूरा गराउने प्रतिवद्धता निगमले जाहेर गरेको भएपनि आलटाल गर्ने काम मात्रै भएकोले हामी फेरि आन्दोलन गर्न वाध्य हुनुप¥यो अध्यक्ष खड्काले भने निगम सन्चालक समितिले आफैले बनाएको समितिलाई अवैध जस्तो व्यवहार गरेको छ ।

मंगलवार व्यवसायीको भेलाबाट आन्दोलनको निर्णय हुने र मंगलवारबाटै पेट्रोलिय पदार्थको आपूर्ति नगर्ने खड्काले बताए । निगमको मंगलवार बसेको सन्चालक समिति बैठकले नेपाल गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्वबावु पुडासैनीको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । आयल निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार सन्चालक समिति बैठकले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका एक, नास्टका एक, आयल निगमका १ र २ व्यवसायी रहने गरि नयाँ समिति बनाएर यसको विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो । निगमले माग पूरा गराउन भन्दा पनि व्यवसायीलाई आलटाल गर्ने मात्रै काम गरेको कारण बाध्य भएर मंगलवारबाटै आन्दोलन गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

असार २० गतेबाट आन्दोलन गर्ने कार्यक्रम तय गरेका व्यवसायीहरुले निगमकै आग्रहमा अहिलेसम्म आन्दोलन स्थगित गरेका थिए तर माग पूरा गराउनुको साटो नयाँ समिति बनाएपछि वाध्य भएर आन्दोलन गर्नुपरेको व्यवसायीहरु बताउँछन् । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरुले माग पूरा गराउन आग्रह गरेका थिए र प्रधानमन्त्रीले पनि माग पूरा गराउने आश्वासन दिएको भएपनि पूरा नभएको व्यवसायीहरुको भनाई छ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]